१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

पर्दामा फर्कदै जीनत अमान

मुम्बई – बलिउड निर्देशक आशुतोष गवारिकरको फिल्म ‘पानीपत’ लामो समयदेखि चर्चामा छ। फिल्मको चर्चाका कारण पनि उनको फिल्म वर्षकै प्रतिक्षित फिल्म भएको छ। आशुतोषको फिल्ममा अर्जुन कपुरको लुकसँगै फिल्ममा अन्य कलाकारको प्रवेशको विषयलाई लिएर पनि चर्चा छ।

आशुतोषले दर्शकलाई सरप्राइज दिने गरी एक पुरानी अभिनेत्रीको नाम फिल्ममा जोडेका छन्। उनको फिल्ममा एक समयकै प्रख्यात अभिनेत्री जीनत अमान जोडिँदैछिन्। जीनत फिल्ममा सकीना बेगमको भूमिकामा देखिँदैछिन्। सकीना ‘पानीपत’को लडाईंमा सक्रिय योद्धाका रूपमा चिनिन्छन्। सकिनाले होसियारगन्जको राज्य काजमा आफ्नो शर्त र बल देखाएर पहिचान बनाएकी थिइन्। उनले त्यहाँको राजनीतिमा पनि आफ्नो सुझबुझले अहम् भूमिका निभाएकी थिइन्।

आशुतोषले सकिनाको भूमिकाका लागि सोचेर र सम्झेर नै कलाकार छनोंट गरेको बताए। आफ्नो करियरमा कैयौं सम्झनायोग्य र सशक्त भूमिकामा अभिनय गरिसकेकी जीनतलाई आशुतोषले फिल्ममा विशेष भूमिकामा अभिनय गराउनका लागि स्वीकृति लिइसकेका छन्। जीनत फिल्ममा एक विशेष भूमिकामा हुनेछिन्। उनको भूमिका विशेष रहे पनि त्यो भूमिका फिल्मका लागि महत्वपूर्ण दृश्य हुने आशुतोषको दाबी छ।

आशुतोष जीनतसँग काम गर्ने कुरालाई लिएर निकै उत्साहित छन्। ‘मेरो लागि यो सौभाग्यको कुरा हो। जीनतजीलाई निर्देशन गर्न पाउँदा म आफूलाई गर्व महशुस गरेको छु’, उनले भनेका छन्, ‘उनको यस्ता कैयौं फिल्म छन्। जुन मलाई पनि पर्छन्। म उनको कामलाई जहिल्यै मनपराउँछु। ठूलो स्टार र स्टारडम भएर पनि उनको विनम्र भावले म प्रभावित छु।’
आशुतोषले फिल्ममा जीनतको लुक्सलाई सार्वजनिक गर्न आफू प्रतिक्षारत रहेको बताएका छन्। सन् १९८९ मा आशुतोषले अनन्त बलानीको फिल्म ‘गवाही’मा जीनतसँग अभिनय पनि गरेका थिए।

जीनत यही साताको अन्त्यमा सुटिङ सुरु गर्दैछिन्। फिल्मले सन् १७६१ को जनवरी १४ को पानीपत युद्धको कथा देखाउनेछ। यो लडाइँलाई भारतमा ऐतिहासिक लडाइँ मानिन्छ। यो लडाइँ मराठा साम्राज्य र अफगानिस्तानका राजा अहमद शाह अब्दालीको बीच भएको थियो। यो फिल्ममा सञ्जय दत्त, अर्जुन कपूर र कृति प्रमुख भूमिकामा छन्। फिल्मको निर्माण सुनीता गवारीकरको होमप्रोडक्सन एजीपी एल र रोहित शेलतकरको व्यानर भिजनले गर्दैछ। फिल्म यो वर्षको डिसेम्बर ६ मा रिलिज हुनेछ।

प्रकाशित: ५ असार २०७६ ०४:५९ बिहीबार

बलिउड जीनत_अमान