१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

फिल्ममा दाह्रीको आकर्षण

मुम्बई – मोटो, मैलो रूप, फोहोरी कपडा र देख्दै माया लाग्ने अनुहार। बलिउडमा पछिल्लो समयमा हिरोहरू कपालसँगै अनुहारको रंग बदलेर दर्शकमाझ आफूलाई प्रस्तुत गरिरहेका छन्। हाल प्रदर्शनरत फिल्म ‘भारत’मा सलमान खानलाई वृद्ध अवतारमा पनि देख्न सकिन्छ। खैरो कपाल, जुँगा र सेतो दाह्रीले सलमानलाई उनका अघिल्ला फिल्महरूभन्दा फरक देखिएको छ।

सलमान जस्तै बलिउडका ‘बीग बी’ अर्थात् अमिताभ बच्चन पनि फिल्म ‘चेहरे’मा फरक लुक्समा देखिँदैछन्। अमिताभ भन्नासाथ उनको फ्रेन्च दाह्रीलाई धेरैले सम्झन्छन्। फिल्म ‘चेहरे’मा भने उनलाई दर्शकले लामो सेतो दाह्री पालेको वृद्धको भूमिकामा देख्न पाउनेछन्।

बलिउडका अर्का नायक साहिद कपुर फिल्म ‘कवीर सिंह’मा फरक लुक्समा देखिँदैछन्। यो फिल्ममा दर्शकले उनलाई मोटो र गाढा दाह्रीमा देख्नेछन्। यो फिल्ममा साहिद तीन चरणको जीवनमा प्रस्तुत हुँदैछन्। यसमा उनको बिग्रिएको कपाल पनि देख्न सकिन्छ।

साहिदसँग लामो समयदेखि काम गरिरहेका हेयरस्टाइलिस्ट आलिम हाकिम आफूले साहिदलाई चरित्र अनुसार गेटअप परिवर्तन गर्ने कलाकारका रूपमा चिनेको बताउँछन्। उनका अनुसार फिल्म ‘हैदर’ र ‘उड्ता पन्जाब’मा साहिदको गेटअप पनि साहिदकै चाहनाले गर्दा बनेको हो। ‘फिल्म कबीर सिंहको कुरा गर्दा फिल्मको पात्र अनुसार साहिदको लुक्सलाई त्यही शैलीमा ढालिएको हो। यो लुक्स हेर्दा आकर्षक, कामूक र फरक किसिमको छ’, उनले भनेका छन्, ‘पात्रको दाह्री र कपालले पनि उसको चरित्र कस्तो हो भन्ने निर्धारण गर्छ।’

अभिनेता ऋतिक रोशन गणितज्ञको चरित्रमा फिल्म ‘सुपर ३०’मा देखिँदैछन्। यो फिल्ममा उनले दाह«ी पालेका छन्। अभिनेता सैफ अली खान पनि फिल्म ‘जवानी जानेमन’मा फरक लुक्समा देखिँदैछन्। अर्का अभिनेता रणवीर सोरे फिल्म ‘अन द ¥याम्प, अन द -याम्प, नेभर इन्डिङ शो’ मा स्टाइलिस दाह्रीमा देखिँदैछन्। यस्तै दाह्रीमा केही समय अघि भारतमा रिलिज भएको फिल्म ‘इन्डियाज् मस्ट वान्टेड’मा अर्जुन कपुरलाई देखिएको थियो।

एएलपीएस ब्युटी ग्रुपकी संस्थापक भारती तनिजा वास्तविक जीवनमा पुरुषको जुँगा र दाह्रीले बलियो, साहसी र चकित पुरुषको दर्जा दिने बताउँछिन्। उनका अनुसार फिल्ममा चाहिँ दाह्री र जुँगाले पुरुषको तिब्रता, भावुकतालाई प्रस्तुत गर्दछ। ‘पुरुषले दाह्री पाल्नु अहिले फेसन नै बनेको छ। जब यी दुई कुराहरू पुरुषमा प्रयोग हुन्छ। त्यो बेला मान्छेले पहिरन पछि हेर्ने भनेको दाह्री जुँगा नै हो’, उनले भनेकी छन्, ‘भारतीय संस्कृतिको इतिहासलाई हेर्ने हो भने त्यो समयदेखि नै पुरुषको दाह्री जुँगालाई एउटा गर्वको विषयका रूपमा हेरिँदै आएको छ।’

तनिजा दाह्री फेसनभन्दा बाहिर गइसकेको कुरालाई स्वीकार्दिनन्। उनी बलिउडका अभिनेताजस्तै राम्रो दाह्री बनाउनका लागि केही सुझाव पनि दिन्छिन्। ‘दाह्रीको राम्रो विकास गर्न र यसलाई निश्चित आकारमा ल्याउनका लागि नियमित ट्रिमिङ गर्नुपर्छ। तपाईको दाह्री आफैमा नरम र सजिलो किसिमको हुनुपर्छ। तपाईं नियमितदाह्री स्पामा जानु पनि फाइदाजनक हुन्छ’, उनले भनेकी छन्।

वर्षको शुरुवाती महिनामा इन्डियन एयर फोर्सका पाइलट अभिनन्दन भर्थमन पनि चर्चामा आए। पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदा उनी नियन्त्रण र आकर्षक दाह्री जुँगाका कारण चर्चामा रहे। उनको यो दाह्रीजुँगालाई धेरैले मेगास्टार रजनीकान्तको फिल्म ‘पेटा’ लुक्स र सुरियाको फिल्म ‘सिंघम’ लुक्ससँग तुलना गरे।

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App