१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘साम्दुङ’ लिएर दीपेश

एलबम ‘साम्दुङ’ विमोचन गर्दै अतिथिहरू । तस्बिरः नागरिक

खोटाङ – खोटाङका गायक तथा संगीतकार दीपेश राईको चाम्लिङ राई भाषाको एलबम ‘साम्दुङ’ सार्वजनिक भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका युवा गायक तथा संगीतकार राईको ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ बोलको चारवटा गीत समेटिएको एलबम हालै काठमाडौंको चाबहिलस्थित फलैंचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको हो।

सितिमी फिल्मस्ले आयोजना गरेको कार्यक्रममा समाजसेवी जनकराज राई, गायक तथा संगीतकार डाक्टर किराँत, किराँत राई खेलकुद संघका अध्यक्ष महेन्द्र राई र किराँत राई चाम्लिङ खाम्बातिमका उपाध्यक्ष चन्द्रा चाम्लिङले एल्बम सार्वजनिक गरे। सितिमी मासिकका सम्पादक तिलक चाम्लिङ, जीवनजित राई, रोदुङ किरातीको शब्द रहेको एल्बममा दीपेश राई, विनिता राई, नरेन्द्र राई र नेहारिका राईको स्वर छ।

चाम्लिङ भाषाको एल्बम विमोचन कार्यक्रम भएकाले सिंगो कार्यक्रम चाम्लिङ भाषामै सञ्चालन गरिएको थियो। अतिथिका रूपमा युवा नेता राजुविक्रम राई, द्वारसिंह राईलगायतले पनि चाम्लिङ भाषामै सम्बोधन गरेका थिए। कतिलाई भाषा बुझ्न कठिन भए पनि जीवनजित र विमला राईको दमदार प्रस्तुतिले कार्यक्रम रोचक बनेको थियो। गायकगायिकाले चाम्लिङ भाषाकै गीत गाएका थिए । संगीतकार डाक्टर किराँतले ‘साका ओमा चापुई’ गीत गाएका थिए भने गायिका रश्मी राईले ‘साम्खाछौवा’ बोलको गीत गाएकी थिइन् । कार्यक्रमका समाजसेवी राईले चाम्लिङ भाषाको फिल्म पनि बनाउन आग्रह गरे।

प्रकाशित: २ वैशाख २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App