२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

बेलायतमा ‘मिरा साँझ’

काठमाडौं – गायिका मिलन नेवारले स्थापना गरेको मिलन च्यारिटी फाउण्डेसनले आगामी चैत १६ गते शनिबार बेलायतका विभिन्न सहरमा ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ। सुनसरीको सहिद स्मृति आवासीय विद्यालयको सहयोगार्थ हुन लागेको साँझमा गायिका मिलन नेवार र गायक राजनराज शिवाकोटी गुञ्जिनेछन्।

विद्यालयले गायिका नेवार र गायक शिवाकोटीलाई ‘सद्भावना दुत’समेत तोकेको छ। मिलनले केही समयअघि आफ्नो एल्बम विमोचनका क्रममा सामाजिक सेवाको औपचारिक सुरुवात गर्दै ‘मिलन च्यारिटी फाउन्डेसन’को घोषणा गरेकी थिईन्। फाउन्डेसनको पहिलो कार्यक्रमअन्तर्गत आगामी आगामी २० मार्चमा बेलायतमा कार्यक्रम हुन लागेको हो।

अग्रगामी समूह बेलायत, आदिवासी चलचित्र महासंघ बेलायत र मिलन च्यारिटी फाउन्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलित रकम विद्यालयका बालबालिकाको अध्ययनका लागि खर्च हुनेछ। २०६६ सालमा स्थापना भएको यो विद्यालयमा सहिद तथा बेपत्ता परिवारका ४ सय विद्यार्थीहरू सहुलियत रकममा अध्ययनरत छन्।

प्रकाशित: १२ चैत्र २०७५ ०६:३७ मंगलबार

गायिका मिलन_नेवार मिलन_च्यारिटी_फाउण्डेसन