९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

दुबईमा नेपथ्य

फाइल तस्बिर

काठमाडौं – लोकरक ब्यान्ड नेपथ्य आगामी मार्च १५ मा दुबईमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगीतिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई जान लागेको हो। ब्याण्डका प्रमुख गायक अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई जाने तयारी छ।

दुबईस्थित एभरेष्ट मिडियाले व्यवस्थापन गरेको कार्यक्रममा नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्र सूर्य’, ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’लगायत गीत प्रस्तुत गर्नेछ। कन्सर्टमा स्वदेशी तथा विदेशी गरी तीन हजारभन्दा बढी दर्शक ल्याउने तयारी अनुसार प्रचारप्रसार भइरहेको दुबईस्थित आयोजक रमेश ढकालले बताए।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:२५ मंगलबार

नेपथ्य सांगीतिक_यात्रा दुबई