२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

काठमाडौंमा उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम

काठमाडौं- भारतीय दूतावास काठमाडौँले विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम गरेको छ। दूतावास परिसर लैनचौरमा कार्यक्रम भएको थियो।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशका झण्डै १ हजार भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रम अवलोकन गरेको दूतावासले जनाएको छ। कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए।

उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन्। उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको दूतावासले भनेको छ। 'उनले आफ्नो कुद्रती आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समय सम्म सम्झी रहनेछु', दूतावासले आफ्नो प्रेस नोटमा भनेको छ।

भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तराल पछि आयोजना भएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App