२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

एकसाथ भट्टराईका दुई भजन

काठमाडौं – गीतकार कुमार भट्टराईद्वारा लिखित  २ भजन संग्रह सार्वजनिक भएका छन्। शुक्रबार नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शिव लिला’ र ‘अग्रता काली’ शीर्षकका दुवै संग्रहको बिमोचन गरे।

कार्यक्रममा बोल्दै डा. शशांक कोइरालाले धर्म स्वतन्त्रता हुन पर्ने र हिन्दु राज्य वा धर्म निरपेक्षताका बारे जनमत संग्रहमा जानुपर्ने बताए। उनले साहित्यकार कुमार भट्टराईको लेखनीको प्रशंसा पनि गरेका थिए। कार्यक्रममा  विश्व हिन्दु महासंघका दामोदर प्रसाद गौतम, पूर्वमन्त्री एसपी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायतको उपस्थित थियो।

गीतकार भट्टराईले यसअघि २०७१ मा ‘अग्रता’ नामक एल्बम बजारमा ल्याएका थिए। नयाँ बिमोचित एल्बममा भट्टराईले हिन्दु धर्मसँग सम्बन्धित भजनहरू समेटेका छन्।  भट्टराईको ‘शिव लिला’ एल्बममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्बममा मनोजराज शिवाकोटी, ईश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ। दुवै एल्वममा ६/६ वटा गीत समावेश छन्। सबै गीतमा बिजु बज्रको संगीत रहेको छ।

वाल्यकालदेखिनै लेखन कार्यमा सक्रिय भट्टराईले रेडियो नेपालबाट बाल कविता प्रतियोगितामा धेरै पुरस्कार प्राप्त गरेका थिए। २०५१ सालमा पहिलो गीत कविता संग्रह ‘मेरो जीवन ’ प्रकाशन गरेका उनको २०६० सालमा ‘स्वमुत्र चिकित्सा पद्धति’ नामक अर्को पुस्तक प्रकाशित छ। धार्मिक क्षेत्रका अध्ययेताका रुपमा समेत परिचित उनले धर्मशास्त्रलाई विज्ञान शास्त्रभन्दा बलियो शास्त्रका रुपमा लिँदै आएका छन्। भट्टराई पेसाले इन्जिनियर पनि हुन्।

प्रकाशित: १० मंसिर २०७५ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App