१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

आदिवासी जनजाति संस्कृति झल्काउने ‘शिरफूल’

काठमाडौं – फिल्म ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नाइस मिडिया नेटवर्क र मगर क्रिएसनको व्यानरमा कमल एक्चै मगरले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फस्टलुक राजधानीमा बुधबार सार्वजनिक गरिएको हो।

ट्रेलरमा काठमाडौंका युवा जमातको रहनसहनसँगै आदिवासी जनजाति संस्कृतिको झलक देखाइएको छ ।फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगरलगायतको अभिनय छ।

यसअघि फिल्मको दुई  गीत ‘आज किन’ र ‘शिरफूल’ सार्वजनिक भइसकेको छ । फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरकोको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा आशिर्वाद पुन मगरको लगानी छ । नेपालमा मंसिर २१ गते रिलिज हुने फिल्म विदेशका १६ वटा देशमा पनि प्रदर्शन हुँदैछ ।
 

प्रकाशित: २४ श्रावण २०७५ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App