काठमाडौं– पाँच दिन चलेको साउथ एसियन इन्टरनेसनल–२०१८ आर्ट क्याम्प कला प्रदर्शनीसँगै सोमबार सकिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको क्याम्पमा सिर्जित कलाकृति नेपाल कला परिषद्मा प्रदर्शन गरिएसँगै सकिएको हो । क्याम्पको समापन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक समारोहबीच गरेका थिए ।मन्त्री ज्ञवालीले दक्षिण एसिया सामाजिक सांस्कृतिक र कलात्मक दृष्टिले धनी रहेको उल्लेख गरे।
कलाकारहरुको सिर्जनाले भावी पुस्तालाई समेत प्रेरणा प्रदान दिनेछ भन्दै उनले भने सरकार कलात्मक सम्पदाहरुको प्रवद्र्धन गर्न नीतिगत तथा संस्थागत रुपमा नै लाग्ने जनाए । तीन वटा प्रज्ञा–प्रतिष्ठानहरु गाभ्ने निर्णयमा सरकारले पुनःविचार गर्ने र प्रतिष्ठानहरुको छुट्टाछुट्टै अस्तित्व रहने आश्वासनसमेत उनले दिए।
प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले खुला संग्रहालयको रुपमा रहेको नेपालमा भएको क्याम्प र प्रदर्शनीले दक्षिण एसियाली देशहरुबीचको सम्बन्ध प्रगाढ बनाउनेमा जोड दिए ।सदस्य–सचिव नवराज भट्टले यस्तो कला अन्य वर्षमा समेत क्यामप निरन्तर रहने दाबी गरे ।
पहिलो साउथ एसियन अन्तर्राष्ट्रिय कार्यक्रमको समुद्घाटन यही मिती कार्यशालमा दक्षिण एसियाली मुलुकका ६८ जना कलाकारहरुले क्यानभासमा कला कोरेका थिए । काठमाडौं र पोखरामा गरी दुई चरणमा कार्यशाला भएको थियो । कार्याशालामा कोरिएका ९० वटा कलाकृति प्रदर्शनीमा राखिएको थियो ।
प्रकाशित: २ श्रावण २०७५ ०२:५८ बुधबार