निर्देशक मिलन चाम्सले आउँदाे फिल्म लभस्टोरी विधामा रहेर निर्देशन गर्ने भएका छन्। आफ्नो निर्देशनमा तयार हुने दशौं फिल्मको घोषणा गर्दै निर्देशक चाम्सले आउँदाे अगस्टमा छायांकन हुने बताए।
उनले भने, ‘हामी स्क्रीप्टकै काममा छौं। यो फिल्म प्रेम कथानक हुनेछ। यसमा युवा पुस्ताको प्रेम दर्शकले देख्न पाउनु हुनेछ।'
निर्देशक चाम्सले पछिल्लो समय ‘वार' विधामा 'गोर्खा वारियर' र सोसल ड्रामा तथा वायोपिक ‘अञ्जिला’ निर्देशन गरेका छन्। ‘लिली बिली’ पछि उनले पूर्ण प्रेम कथानक फिल्म निर्देशन गर्न लागेका हुन्। उनले यसबारे विस्तृत जानकारी आउँदो साता ३ फेब्रुअरी दिउँसो १ बजे दिने बताए।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुने फिल्मलाई राजीव थापाले लेखिरहेका छन्। यो फिल्म नेपाल र लन्डनमा छायांकन हुनेछ.
प्रकाशित: १४ माघ २०८१ १२:५९ सोमबार