२ माघ २०८१ बुधबार
image/svg+xml
कला

‘ग्वंगचुलीको हिउँ’ लाई पवन आलोक नियात्रा पुरस्कार

‘पवन आलोक नियात्रा पुरस्कार’ नियात्राकार तेजप्रकाश श्रेष्ठकाे ‘ग्वंगचुलीको हिउँ’  नियात्रासंग्रहलाई प्रदान गरिने भएको छ।

प्रतीक ढकाल संयोजक रहेकाे पुरस्कार छनाेट समितिले साे निर्णय गरेकाे हाे। समिति सदस्यमा नियात्राविज्ञ श्रीओम श्रेष्ठ ‘रोदन’ र कोष संस्थापक पवन आलोक रहेका छन्।

तेजप्रकाश श्रेष्ठकाे ‘ग्वंगचुलीको हिउँ’ नियात्रासंग्रह

पुरस्कारका लागि दर्ता गराइएका विभिन्न कृतिमध्ये यस समितिद्वारा गठित कृति मूल्याङ्कन उपसमितिले गरेको अन्तिम सिफारिस अनुसार नियात्राकार श्रेष्ठकाे ‘ग्वंगचुलीको हिउँ’ नियात्रासंग्रहलाई २०८० को सर्वोत्कृष्ट मान्दै पवन आलोक नियात्रा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समितिकाे विज्ञप्तिमा उल्लेख छ।

पुरस्कार कोष र नियात्रा समाज नेपालकाे भएको सम्झौताको सर्त अनुसार आउँदाे श्रीपञ्चमीमा पुरस्कार समर्पण गरिने जनाइएको छ। नियात्रा समाज नेपाललाई पुरस्कार समर्पणको व्यवस्था मिलाउन समितिले अख्तियारी दिएको छ।

प्रकाशित: २० पुस २०८१ १२:३१ शनिबार

# Pawan Alok Niatra Award # Gwangchuliko Hium