२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, २३ देशका ५३ फिल्म देखाइने

१२ औं संस्करणको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ। २४ मंसिरदेखि २७ मंसिरसम्म काठमाडौंमा आयोजना हुने महोत्सवको यस संस्करणको नारा ‘सामाजिक न्याय’ रहेको छ।

आयोजक नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने बताए। उनले मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिदैं आएको बताए। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी उनले दिए।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्ने महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरु यस प्रदर्शन हुनेछ। ४ दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुनेछ।

महोत्सवको ओपनिङ फिल्मका रुपमा २४ मंसिर १२ बजेर ३० मिनेट जाँदा चलचित्र विकास बोर्डको हलमा द म्यान हु कुडनट रिमेन साइलेन्ट प्रदर्शन हुनेछ। यो छोटो चलचित्रले कान्सको लुघ विधामा अवार्ड जितेको थियो। त्यस्तै, चलचित्र विकास बोर्डकै हलमा अल वि इम्याजिन एज लाइट २५ मंसिर ५ः३० बजे प्रदर्शन हुनेछ। यो फिल्मले कान्समा फिचर विधामा अवार्ड जितेको थियो।

सुविना श्रेष्ठको निर्देशनमा बनेको देवी २६ गते १ बजेर २० मिनेट जाँदा चलचित्र विकास बोर्डको हलमा प्रदर्शन हुनेछ। 

बर्लिन अन्तर्राष्ट्रिय महोसत्वमा अवार्ड जितेको एन अड टर्न २६ मंसिर ५ बजे र ५५ मिनेटमा चलचित्र विकास बोर्डकै हलमा प्रदर्शन हुनेछ।

चलचित्र महोत्सवको पूर्वसन्ध्यामा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले चार दिने कार्यशालामा प्रशिक्षण दिइरहेका छन्। यस गोष्ठीमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागि छन्। उनले २६ मंसिरमा चलचित्र विकास बोर्डको हलमा ‘को–प्रडक्सन, ल्यान्डस्केप: लोकल स्टोरीज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिनेछन्।  

महोत्सवका दौरान विभिन्न प्यानल डिस्कशन, फोटो प्रदर्शनीलगायत हुनेछन्।

प्रकाशित: २३ मंसिर २०८१ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App