१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

स्नातक दोस्रो वर्ष पास भएपछि रचना भन्छिन्: सङ्गीतसँगै पढाइलाई अघि लैजाँदै छु

पछिल्लो समय गायिका रचना रिमाल सबैभन्दा व्यस्त गायिकामध्येमा पर्छिन्। साङ्गीतिक कार्यक्रममा उनको व्यस्तता बढ्दो छ। रिमाललाई दर्शक, श्रोताहरूले पनि उतिकै मन पराइरहेका छन्।

साङ्गीतिक क्षेत्रमा निकै व्यस्त भएकी रिमालले आफ्नो अध्ययनलाई पनि सँगै लैजाँदै छिन्। रिमालले स्नातक दोस्रो वर्ष उत्तीर्ण गरेकी छिन्। बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो। रिमालले आफू उत्तीर्ण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।

उनले लेखेकी छिन्, 'साङ्गीतिक कर्म सङ्गै पढाइलाई पनि सँगै लिएर जानुपर्छ भनेर अगाडि बढी रहेकी छु। नियमित कलेज जान नभ्याउँदा पनि स्वअध्ययनमा समय दिने गरेकी छु , फल स्वरूप हिजो प्रकाशित बि। ए दोश्रो वर्षको नतिजामा उत्तीर्ण भएकी छु। सबैको माया र आशीर्वाद पाइरहन सकूँ।'

प्रकाशित: १७ आश्विन २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App