२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘मुक्तकमणि’ को मुक्तकसंग्रह ‘सारवत’ को लाेकार्पण

नेपाल मुक्तक प्रतिष्ठानले ‘मुक्तकमणि’ तीर्थराज अधिकारीको ‘सारवत’ मुक्तकसङ्ग्रहको लाेकार्पण गरेकाे छ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेकाे अध्यक्षता एवं वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमका अध्यक्ष रामकाजी कोने, प्रमुख अतिथि यादव खरेल, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल लगायतले कृतिको लाेकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले कृतिकाे चर्चा गर्दै नेपाली मुक्तकमा गहन कृति थपिएको बताए।

वरिष्ठ समालाेचक प्राडा लक्ष्मणप्रसाद गौत्तमले समीक्षात्मक टिप्पणी गर्दै सारवतमा समेटिएका मुक्तक एकदमै मार्मिक र पठनीय भएको बताए। उनले मुक्तकमा विसंगतिमाथि तीव्र व्यंग्य र समाजकाे वास्तविक चित्रण भएको बताए।

वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले नेपालीहरू जहाँजहाँ पुगेका छन् त्यहींत्यहीं गजल र मुक्तक पुगेकाे बताए।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति रामकाजी कोनेले अधिकारीका मुक्तकहरुमा उत्कृट रहेकाे बताए।

कार्यक्रममा कृतिकार मुक्तकमणिले विभिन्न समयमा लेखेका मुक्तकहरूलाई समेटेर पुस्तक प्रकाशन गरेकाे बताए।

कमलपोखरीस्थित किष्ट कलेजमा सम्पन्न कार्यक्रमकाे सञ्चालन नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका हुन्। साहित्यकारहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ राेदन, नवराज पाेखरेल नवशीला, दिव्य गिरी, ध्रुवराज थापा, श्रीराम राई, राजबाबु श्रेष्ठ, रूद्र अधिकारी, पवन बुढाथाेकी लगायतकाे उपस्थित रहेकाे थिए।

उक्त लाेकार्पित कृति गीताञ्जली साहित्य परिवार पोखराले प्रकाशन गरेको हाे। यसमा ११८ मुक्तक सङ्गृहीत छन्।

प्रकाशित: ९ भाद्र २०८१ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App