लक्ष्य एक- मूल गन्तव्य ! त्यसमा गाँसिएर अरू आउँछन्। बेलबहादुरसँग बिहे नि उस्तैउस्तै बन्यो। बयोवृद्ध मन, तन्नेरी यस चिन्तन मेला भर्दो तनोहरि ग्वंगेश्वर बाबु तेंगःको। मन लागेर जुर्मुरिन्छु– एकाएक एकान्तमा। एकान्तमा कुरा गर्ने वार्ताकार। नबर्बराईकन–नचुलबुलाईकन अन्तरडुलन प्रक्रिया लेखन अन्तरघुलन।
तर्क बितर्किनु कोसित त्यो बेला? मनसित मनज्ञ। ज्योतिसित ज्योतित भएर। उच्छृङ्खलित बनेर होइन। हो, बरु सम्हालेर मनलाई मस्तसित। नभई मस्त सम्हालिन्छ कहाँ ? सम्हालेरै आफूसित आफैंलाई। हाइसन्चो–सुखानन्द ! एक डमरु– एक त्रिशूल। डिम डिम डमरु स्वर मच्चाउँछ अभय, आनन्द, सुखमय–निश्चिन्त्य–तनोहरि त्रिशूल !
जितेन्द्र रसिकको बेलबहादुरसँग बिहे आख्यान पढेँ। कौतूहलमय बाल कहानी ! पढ्दा पढ्दै लाग्न थाल्छ। बालकथामा सीमित रहन्छ कहाँ यो ? लाग्छ बरु लघु बालउपन्यासै ! अन्तरघुलनले निर्मल–स्वच्छ र सङलिँदो विश्रान्तिविहीन प्रवाह।
भनूँभनूँ लाग्छ बालमनोविज्ञानका सार्थक कौतूहल कुतकुत्याउँदो कथा बुनाइका विषय नेपाली मौलिक समुदाय नेवाः सम्प्रदायकै पाराले बेलबहादुरसँग बिहेका कथाकारले कथा बुन्ने आधार हाम्रै नेपाल मण्डल सांस्कृतिक जीवनपरक संस्कारित पर्व मेलालाई सँगाली अँगालेका छन्। लेखकीय सिपका कुशलताले सुमसुम्याएको वस्तु। लेखक बन्नु सिर्जनशील क्षमता संवरण गर्नु।
सिर्जनशीलता प्रदर्शित हुन्छ, जहाँ लेखनसिप प्रदर्शित हुन्छ। कल्पनाशील भावनाका लेखकीय शैलीशिल्पमा उनिएर कथिन्छ कथा। यो बालकथालाई कल्पनाशीलताको भाव प्रवाहले सुगठित रोचक पारेको छ। कल्पनाशील भावप्रवाह तरलतम सरसतामा धारावाही प्रवाह भएको छ। पाठक रमाउने मेलोमेसो यहीं हुन्छ उद्भव। बेलबहादुरसँग बिहे पढेर यो मनको ढुकढुकीको तरलतम तानाबाना यो !
‘बेल पाकेर कागलाई हर्ष न विष्मात’ उखान हाम्रै पुख्र्यौली खान–उखानभित्र ‘बेलबहादुरसँग बिहे’ कथाले कुतकुत्याउँछ मन। बेलभित्र शीतल अमृतरस छ। वैशाख–जेठको उखरमाउलो घाममा बेलको रस बन्छ अमृतबराबर। त्यसैले बेल विवाहको प्रतीकात्मक महत्ता बेलजस्तै पतिवरण गर्नु।
नेवार सम्प्रदायको संस्कारसित यस्ता गुरु रहस्य अन्तरनिहित अरू पनि छन्। बेलबहादुरसँग बिहे बालकथाले बेलको माध्यम, प्रगाढ सांस्कृतिक रहस्य, सरल र सरस शैलीमा उद्घाटन गरेको छ पक्कै पनि।
बेल विवाहका लागि पाँचजना कन्या न्यूनतम संख्यामा हुनु र रहनुपर्ने रहस्य दर्शाएको छ। (पाना १८ चित्र) हिन्दु दर्शनमा ५ संख्यालाई नितान्तै महत्त्व दिइएको छ। शुभ लक्षण/शुभ संकेतको उदाहरण : पञ्चामृत (घ्यू, सखर, मह, दुध र दही) दोस्रो श्रीपञ्चमी, वसन्त पञ्चमी, जनैपूर्णिमा, पञ्चकन्या, पाँचपोखरी। पञ्चपाण्डव, पञ्चबुद्ध, पञ्चशील, बडामहाराजधिराज पृथ्वीनारायण शाह वंशीय संस्कार अनुरूप श्री ५ महाराजाधिराज पदवी भएको पृष्ठभूमि छ। इतिहास पनि राजनीतिक संस्कारमूलक प्रसङ्गको ज्वलन्त उदाहरण !
बालकथाको प्रसङ्गमा प्रौढ–पाकाहरूजन्य प्रसङ्गहरू पनि जोडिएका छन्। यो बालकथा गुरुवर गुरुआमाहरूका लागि पनि पृष्ठपोषक सन्देश बन्न सक्दो अपेक्षा राख्छु। शुभम् भवतु कल्याणम्, आयुरारोग्य श्री वर्धनम् !
बेल विवाहको नाम दिइए तापनि पतिको गुण स्वरूपलाई बेलसित दाँजिएको मात्र यथार्थमा बेलविवाह (इहीं नेपाल भाषामा) पर्वमा सुनको विष्णुप्रतिमा बनाई अबोध बालिकाको विवाह गराइने गुढ रहस्य रहे बनेको छ। यस रहस्यको उद्घाटन प्रसङ्गवश यहाँ उद्घाटन गर्न चाहेँ। ज्ञानगुणका कुरा सर्वलोक हितनिमित्त यहाँ उल्लेख गर्ने हिम्मत, जमर्को प्रसङ्गै प्रसङ्गमा।
अब सोचौं ! बर्काई फर्काई बेलबहादुर संस्कारलाई ! यसप्रकारले बेलबहादुर परम्पराभित्र अरू छद्म भेषको आवरण छ। रहस्य ! पाँच वर्षे/अबोध बालिकालाई बेललाई साक्षी बनाई विष्णुको प्रतीक सुवर्णकुमारसित वैवाहिक सम्बन्ध कायम गर्नु– गराउनुको रहस्य हुँदो हो ? चिन्तन मनन गरौं !
अन्तरवस्तु/अन्तरतत्त्व बसभित्रका रहस्य प्रगाढ हुन्छ। यसका आयाम एकल छैनन्। दुई तत्त्वमसी दिव्यदर्शन हुनु बेलविवाह भइसकेका सुकन्याले वैधन्य बेहोर्नुपर्दैन। ती अबोध बालिकाले वैवाहिक स्वतन्त्रता उपभोग गर्न सक्छन् मनज्ञ। मनज्ञ आफूले चाहे मनले रोजेको केटासित आजीवन।
प्रकाशित: ८ भाद्र २०८१ १२:१२ शनिबार