५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको पुनर्गठन

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको बाह्राैं श्रृङखलामा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारको उपस्थितिमा स्रष्टाहरूद्वारा  कविता वाचन सँगसँगै शाखाको पुनर्गठन गरिएको छ।

ललितपुर इमाडोलस्थित बोझेपोखरी अगाडि अर्किड फूड क्याफेमा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार, प्राडा भरतकुमार भट्टराई, अध्यात्मिक गुरु तथा साहित्यकार धर्मराज बराल, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, शाखाका निवर्तमान अध्यक्ष बुद्धिमान महर्जन, मधेसी आयोगका सदस्य  माननीय आाभा सेतु सिंहको विशेष उपस्तिथिमा साहित्यकारहरू बागमती साहित्य केन्द्रका अध्यक्ष बागमती भाइ, रुविना राना, सुनिता अधिकारी, अम्बिका खड्का, सृजना सरोवर, राजाराम राउत, निरा श्रेष्ठ र श्रीराम पाण्डेले कविता वाचेर कार्यक्रममा सार्थकता थपेका थिए।

सरस्वती श्रेष्ठ र जुमन किरणको विशेष उपस्थिति रहेको कार्यक्रममा साहित्यकार आभा सेतु सिंहले आफू यहाँ माननीयको नाताले होइन् साहित्यप्रतिको माया र साहित्यकारहरूमाझ कविता सुनाउन पाइने लोभले उपस्थिति भएको हुँ भन्दै मीठाे मन्तव्य दिएका थिए। उनले समाजमा साहित्यकारको आफ्नै विशेष स्थान हुने पनि बताएका थिए।

कविता वाचनपछि शिखर कवि शैलेन्द्र साकार, प्राडा भरतकुमार भट्टराई र विनेसाम नेपाल शाखाका सल्लाहकार मणिराज सिंहको उपस्थितिमा शाखाको पुनर्गठन गरियाे। पुनर्गठनमाअध्यक्ष नीता श्रेष्ठ, महासचिव सुधा मिश्र, कोषाध्यक्ष अम्बिका खड्का, सचिव सृजना सरोवर र कार्यसमिति सदस्यहरूमा सुनिता अधिकारी, रुविना राना मगर, राजाराम राउत, राजेशमान केसी र श्याम श्रेष्ठ सर्वसम्मत छानिएका थिए।

साथै सल्लाहकारहरूमा शिखर कवि शैलेन्द्र साकार, प्राडा भरतकुमार भट्टराई, मणिराज सिंह, तोयनाथ सुवेदी, धर्मराज बराल, जीवन प्रकाश श्रेष्ठ, बुद्धिमान महर्जन, श्रीराम पाण्डे मनोनित भएका थिए।

शाखाका नवनिर्वाचित अध्यक्ष नीता श्रेष्ठ (नित्य नुर) एक अन्तर्राष्ट्रिय छवि भएका व्यक्तित्व हुन्। उनी कला र सिर्जना विधाका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध छिन्। उनी साहित्यमा कलम चलाउनुको साथसाथै गायन र संगीत विधामा पनि निपुण छिन्। उनले आफ्नो पदको मर्यादालाई ध्यानमा राखी शाखालाई सबैको सहयोगमा उचाइतर्फ डोर्‍याउने वाचा गर्दै एउटा कविता वाचन गरेकी थिइन्।

साहित्यकार धर्मराज बरालले शुभकामना व्यक्त गर्दै शाखाका लागि १ हजार रूपैयाँ रकम सहयोग गरेका थिए। शिखर कवि शैलेन्द्र साकारले साहित्यमा लागेपछि देशको मायाले तान्दो रहेछ भन्दै भर्खरै अमेरिकाका विभिन्न स्थानमा कविता वाचन गर्दाकाे अनुभव सुनाएका थिए।  

कार्यक्रमको संचालन शाखाका महासचिव सुधा मिश्रले आकर्षक पारामा गर्दै मैथिली भाषामा सुन्दर कविता वाचन गरेका थिए।

कवि मणिराज सिंहले साहित्यमा लागेका व्यक्तिहरूले सामाजिक सञ्जालमा आफ्ना विचार, सिर्जना र फोटोहरू पोस्ट गर्दा विचार पुर्‍याउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए। उनले साहित्यकारहरू समाजका नमुना भएकाले सस्तो मनोरञ्जनकाे नाउँमा सामाजिक सञ्जालकाे दुरूपयाेग गर्न नहुने बताए।

उनले नवगठित जिल्ला कार्यसमितिले आगामी दिनमा ऊर्जाशील भई अघि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: ४ असार २०८१ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App