२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

हलचल

लघुकथा

‘यो कुरा म सधैं गोप्य राख्छु। तिमीबाट पनि गोप्य रहने चाहना गर्छु।’ द्रोपदीले भनी।

कर्णले पनि खुसी हुँदै भन्यो, ‘मनले चाहेको त जीवन बिताउनु थियो तर जीवन बिताउन नपाए पनि एकैक्षण भए पनि आफूलाई बिर्सन पाएँ। यो कुरा मेरो मनमा रहन्छ, चिन्ता नगर।’

कुन्तीले गर्दा पाँच पतिले भोग गरिसकेको शरीरमाथि एकपल्ट मनले खाएको मान्छेसँग पनि भोग गराउँदा के फरक पर्थ्यो र! आखिरमा दुवै खुसी हुने नै थियो।

जामुनको रूखबाट जामुनको झुप्पा द्रोपतीले टिपी। त्यो जामुन बाह्र वर्षदेखि तपस्यामा लिन साधुले खानका लागि थियो।

द्रोपदीले त्यो जामुन टिपेर पाप गरेको निष्कर्ष पाण्डवले लगाए। पापबाट मुक्त हुन कृष्णकोमा पुगेर बेलिविस्तार लगाए।

कृष्णले उपाय सबैलाई मनभित्र भएको कुरा नलुकाई सबै साँचो रूखको सामुन्य गई बताउनु फल आफैं जोडिन्छ भनि अह्राएर पठाए।

युधिष्टिरले हस्तिनापुर राज्य जित्छु भनेपछि जामुन अलिमाथि गयो। भीमसेनले कौरव सबै मार्छु भन्दा जामुन अलिमाथि गयो।

अर्जुनले हस्तिनापुर आफ्नो बनाएरै छाड्छु भने। जामुन अझैमाथि गयो। आज सबैको पालो पुग्दा जामुन हाँगासम्म पुग्यो। जब द्रोपदीको पालो आयो तब उसले भनी, ‘मेरा पाँच पति पाँच ज्ञानेन्द्रिय हुन्। म सधैं सतित्वमा रहेकी छु।’

जामुन बोटमा टाँसिएन। कृष्णले साँचो बोल भनी अह्राए।

कसैलाई नभनेको कुरा आज भन्नै पर्ने भयो। द्रोपदीले भनी, ‘म कर्णलाई मनपराउँछु, जातका कारणले विवाह नगरे पनि मैले तन र मन सुम्पिएको छु।’

यति भनी नसक्दै जामुन बोटमा टाँसिन पुग्यो।

लोग्ने विदेशबाट फर्कने समय हुन लागेको थियो। महाभारत हेर्दै बसेकी थुप्रीको मनमा हलचल मचियो।

प्रकाशित: २९ जेष्ठ २०८१ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App