२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हजार चुनौतीसँगै जीवन झुलेको देखें!

गजल

१) गजल

भिरमा पनि सुन्दर फूल फुलेको देखें,

पिरमा पनि सुन्दर भुल भुलेको देखें।

नियतिले बनाइदिन्छ कहिल्यै मरूभूमि,

जीवन उकुसमुकुस हुँदै खुलेको देखें।

अभावै अभावले भरिएको यो संसारमा,

हजार चुनौतीसँगै जीवन झुलेको देखें।

संघर्षका पसीनाले बालेका ती धिव्री,

सभ्यताको उज्यालोमा शिखर चुलेको देखें।

२) गजल

देशलाई बचाउन आफू पहिल्यै बाँच्नुपर्‍यो,

सबैलाई हँसाउन आफू पहिल्यै हाँस्नुपर्‍यो।

शिखर चुम्ने रहर यहाँ कसलाई हुन्न र,

टुक्राटुक्रा अभावको डोरी पहिल्यै गाँस्नुपर्‍यो।

मर्दै बाँच्दै गरेको बिरुवाले हो मीठो फल दिने,

आँधीबेहरीसँग जिन्दगी कहिल्यै भाँच्नुपर्‍यो,

आत्तिएर कहाँ जाऊँ भागेर समस्या समाधान हुँदैन,

हजार चटारोलाई समालेर अहिल्यै राख्नुपर्‍यो।

प्रकाशित: १९ फाल्गुन २०८० १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App