७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला

बालबोली

लघुकथा

दाँतको समस्याले मेरो गाला भुक्क सुनिएको थियो। बोल्न सक्ने अवस्थामा थिइन्। कक्षामा प्रवेश गर्नेबित्तिकै मैले विद्यार्थीलाई आफैं पढ्न आग्रह गरें।

सबैले मन लगाएर पढिरहेका थिए। तर, तीमध्ये एक छात्रले पढ्नै छोडेर पटकपटक मलाई कारुणिक नजरले  हेर्‍यो।

मलाई अचम्म लाग्यो र सोधें, ‘बाबू,के भयो तिमीलाई?’

उसले भन्यो, ‘म्याम, हजुरको श्रीमानले रक्सी खाएर हजुरलाई पिट्नुहुन्छ?’

‘किन र बाबु?’

‘नत्र गाला कसरी सुनियो त?’

‘बाबु, मेरो दाँत दुखेको छ।’

ऊ मधुर स्वरमा बोल्यो, ‘हजुरले पनि मेरो मम्मीले झैंं ढाट्नुहुँदो रहेछ।’

प्रकाशित: ४ माघ २०८० ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App