२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

महाकाव्यकार कुभिण्डेलीको ‘लावण्य-मञ्जरी’ लोकार्पण

रावा-कुभिण्डे सेवा समाज, काठमाडौंले स्रष्टा भानुभक्त कुभिण्डेलीको अठारौं कृति तेस्रो महाकाव्य ‘लावण्य-मञ्जरी’ को काठमाडौंकाे बानेश्वर मल्टिपल क्याम्पसमा लोकार्पण गरेकाे छ।

रावा-कुभिण्डे सेवा समाज, काठमाडौंका अध्यक्ष सीताराम पोखरेलको अध्यक्षता, वरिष्ठ सर्जक तथा दैवज्ञराज न्यौपाने प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेको प्रमुख आतिथ्य र संस्थाका सचिव गिरिराज राईको सञ्चालनमा कृतिकाे लाेकार्पण भएकाे हाे।

उक्त कार्यक्रममा कैलाश निरौलाले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ कवि प्रह्लाद पोखरेल र महाकाव्यकार कृष्ण प्रसाईंले व्यक्तित्व र कृतित्वबारे बाेलेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ छन्द कवि प्रह्लाद पोखरेल, प्राध्यापक डा. विष्णु राई, फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेल, मुक्तिनाथ दर्शन साहित्य समाज, काठमाडौंका अध्यक्ष कलानिधि दाहाल र वरिष्ठ महाकाव्यकार चन्दप्रसाद न्यौपाने रहेका थिए।

विशेष अतिथिमा बलराम पोखरेल, नारी स्रष्टा समाज कोशी प्रदेशकी अध्यक्ष ममता मृदुल र राममणि पोखरेल उदयपुर रहेका थिए।

यस्तै अन्य अतिथि स्रष्टाहरूमा रत्न विरही घिमिरे, जीवनाथ अधिकारी, कुशल वाचिका कल्पना भट्टराई, मीना अधिकारी, डा. इन्दुल केसी, मधुसूदन घिमिरे, शङ्करप्रसाद मानन्धर, रामचन्द्र ढकाल, योगराज ढकाल, मधुसूदन लामिछाने, केशवप्रसाद रूपाखेती, केशवराज मैनाली, विष्णुमाया मैनाली, गणेशप्रसाद खतिवडा, कृष्णप्रसाद पौडेल, सिकारु राम, शिव घिमिरे, गोपाल पराजुली, जानुका गुरागाईं, जितु गौतम, पदम दाहाल, प्रजापति तिमल्सिना, रेहित सैँजु, चिरञ्जीवी सिग्देल, सुधा न्यौपाने, सरस्वती न्यौपाने, कविता न्यौपाने, कविराज घिमिरे लगायतको उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा राजनकुमार पोखरेल, लक्ष्मण पौडेल, सुशील पोखरेल, लालबहादुर आले, दीपक पौडेल, युवराज पोखरेल, चूडामणि पोखरेल, लीला रेग्मी, तेजविनोद रेग्मी, टीकाराम रेग्मी, फणीन्द्र कोइराला, चूडामणि पोखरेल, टीकाराम रानामगर (कुभिण्डे), हुपबहादुर रानामागर, रामप्रसाद रेग्मी, राजनप्रसाद सुवेदी, तिलक श्रेष्ठ, झुमा पोखरेल, सुरेश हाँचेकाली, रीता केसी पौडेल, जितबहादुर मगराती, लक्ष्मण पौडेल, विमला पोखरेल, अनिरुद्र निरौला, कैलाश निरौला र कृष्णप्रसाद पोखरेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ छन्द कवि प्रह्लाद पोखरेल, प्राध्यापक डा. विष्णु राई, फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेल, मुक्तिनाथ दर्शन साहित्य समाज, काठमाडौंका अध्यक्ष कलानिधि दाहाल, वरिष्ठ महाकाव्यकार चन्दप्रसाद न्यौपाने, बलराम पोखरेल र नारी स्रष्टा समाज कोशी प्रदेशकी अध्यक्ष ममता मृदुलले शुभकामना तथा मन्तव्य राखेका थिए।

त्यस्तै कल्पना भट्टराई र मीना अधिकारी (झापा) ले लाेकार्पित महाकाव्यको केही श्लोक वाचन गरेका थिए।

प्रमुख अतिथिको मन्तव्यपछि लेखक कुभिण्डेलीले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेपछि सभाका अध्यक्ष सीताराम पोखरेलले सारगर्भित भनाइसहित सभाको विसर्जन गरेका थिए।

प्रकाशित: २१ पुस २०८० ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App