१२ असार २०८१ बुधबार
image/svg+xml
कला

आमिर खानकी छोरी इराले गरिन् बिहे

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन्। बुधबार उनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन्। 

भारतीय सञ्चार माध्यमहरुका उनुसार उनीहरुले कोर्ट म्यारिज गरेका हुन्। उनीहरूले मुम्बईस्थित ताज होटलमा कोर्ट म्यारिज गर्दै विवाह गरेका छन्।

उनीहरूको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए। विवाहमा नुपुर जिमकै कपडा लगाएका छन्। उनीहरूले १३ जनावरीमा रिसेप्सन पार्टी आयोजना गरेका छन्।

इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए। नुपुर फिटनेस कोच हुन्।

प्रकाशित: १९ पुस २०८० ०७:४९ बिहीबार

आमिर खान छोरी इरा खान नुपुर शेखर