७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

स्रष्टा र विद्यार्थी बिच अन्तरसंवाद

अरुणिमा मावि, बौद्धमा नेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा-विद्यार्थी बिच अन्तरसंवाद भएको छ। उक्त कार्यक्रम नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रम अन्तर्गतको छैटौं दिनको कार्यक्रम हो।

अन्तरसंवादमा सो विद्यालयका ८ देखि १० कक्षासम्मका विद्यार्थीहरू सहभागी थिए। कार्यक्रममा सोही कक्षाका पाठ्यक्रमका रचनाकार वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ गीतकार दिनेश अधिकारी र नियात्राकार राजेन्द्रमान डंगोल सहभागी रहेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ शिक्षाविद् प्राडा विद्यानाथ कोइराला र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि नियमित हुनुपर्ने बताए।

पुस्तकमा पढिरहेका रचनाका स्रष्टाहरूलाई प्रत्यक्ष रूपमा भेट्न पाउँदा विद्यार्थीहरूले नौलो अनुभव गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

उक्त अन्तरसंवाद कार्यक्रममा बीस विद्यार्थीले स्रष्टासँग सिर्जना र साहित्यका विषयमा जिज्ञासा राखेका थिए। विद्यार्थीका जिज्ञासालाई पाठ्यक्रमका स्रष्टाबाहेक पवन आलोक, कल्पना खरेल,चेतनाथ कणेल हरित, देविका तिमिल्सिना, तारा सुवेदी र डा. शान्तिमाया गिरीले गरेका थिए।

अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा, कार्यक्रमका संयोजक डा.सदानन्द कँडेल, अरुणिमा उच्च माविका प्रमुख केशबप्रसाद जोशी, विद्यालयका प्रिन्सिपल इश्वरीप्रसाद लामिछानेले मन्तव्य ब्यक्त गरेका थिए।

प्रकाशित: १९ पुस २०८० ०६:२६ बिहीबार

स्रष्टा र विद्यार्थी बिच अन्तरसंवाद अरुणिमा मावि बौद्ध नेपाल स्रष्टा समाज वरिष्ठ गीतकार दिनेश अधिकारी