१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

राष्ट्रिय एकतामा चाडपर्व सहयोगी

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म-संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा आज शुुभकामना दिँदै उनले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्परा  संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताएका छन्।

गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उनले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमंगका साथ मनाइने गरिन्छ।

प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। –रासस

प्रकाशित: १५ पुस २०८० ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App