२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

शर्मा र कट्टेल सम्मानित

पचहत्तराैं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले पत्रकार तथा मानवअधिकारकर्मी यज्ञ शर्मा र इन्सेक प्रदेश कार्यालयकी वागमता कट्टेललाई सम्मान गरेको छ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत शर्मा र कट्टेललाई सम्मान गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ डिसेम्बर १० मा प्रतिपादित भएपछि त्यसैको आधारमा धेरै अन्तर्राष्ट्रिय कानुन निर्माण भएको बताए। सो घोषणापत्रमा नागरिक तथा राजनीतिक अधिकारहरू र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू समेटिएको उनको भनाइ छ।

नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि नागरिक तथा राजनीतिक अधिकारहरू धेरै प्राप्त भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू अहिले पनि प्राप्त गर्न आम नेपालीले संघर्ष गरिरहनुपरेको मेयर कोइरालाले बताए।

विराटनगरका मानवअधिकार क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए। मानवअधिकार सञ्जाल मोरङले हरेक वर्ष मानवअधिकार सम्मानबाट मोरङमा मानवअधिकारको क्षेत्रमा कार्यरत दुई जनालाई सम्मान गर्दै आएको छ।

प्रकाशित: २५ मंसिर २०८० ०४:२१ सोमबार

अक्षर