२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कवि रविन्द्रको हिंडिरहेका आँखाहरू सार्वजनिक

कवि एवं गीतकार रविन्द्र आशिष शैलीको पाँचौ कृति हिंडिरहेका आँखाहरू भर्खर प्रकाशित भएको छ। यसअघि उनका कविताहरू पाँच जना कविको संयुक्त संकलन आजको आकाशमा प्रकाशित भएका थिए भने यो उनको एकल कविताको संकलन हो। स्रष्टा शैलीका माया महल (गजलसंग्रह), शैलीका गीतहरू (गीतसंग्रह) र मध्यान्तर (मुक्तकसंग्रह) प्रकाशित भइसकेका छन् भने केही गीति अडियो पनि प्रकाशित भएका छन्।

हिंडिरहेका आँखाहरू कृतिमा कवि शैलीका समसामयिक जीवनका विविध भोगाइ, मानवीय संवेदना र यात्रा क्रमका स्थलगत अनुभूति विषयमा लेखिएका भावपूर्ण ५७ कविता छन्।

कठघरामा इतिहास, हिंडिरहेका आँखाहरू, झोला, बाटोमै हरायो, वाइनाकूलर मन, चियाको चुस्की, नयाँ रामायण र वाल्मिकि, कागज ब्यूँझन्छ, सुन्दर चित्लाङ र चिथोर्छ उज्यालोले आदि अनुभूतिजन्य कविताहरू पाठकबाट विशेष मन पराइएका छन्।

हिंडिरहेका आँखाहरूलाई सिर्जना अभियान समाज भक्तपुरले प्रकाशित गरेको हो।

प्रकाशित: २५ आश्विन २०८० ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App