८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

प्रदीपले कसलाई भने बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन ?

निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनले अभिनेता अनमोल केसीलाई आपराधिक विश्वासघातको जाहेरी दिएपछि अहिले चलचित्र क्षेत्रमा विभिन्न टिप्पणी हुन थालेको छ।

त्यसै क्रममा अभिनेता प्रदीप खड्काले सोमबार एक स्टाटस पोस्ट गरेका छन्। उनको स्टाटस अनमोल लक्षित देखिन्छ। खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने  टिप्पणी गरेका छन्।

खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने। विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै।’

प्रदीपले एक दिन होस् वा एक दशक कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भए पनि दुलहीले माग्ने आधा अंश हो, कानुनले दिलाउने पनि त्यही नै भएको बताएका छन्। '५/७ ओटी दुलही सोझा परेर मजाले पेलियो भन्दैमा सबै एकै नहोलान्। यो पटकको अलि गाह्रो खाल्की छे भन्ने बुझ्न पर्ने,' उनी लेख्छन्।  

प्रकाशित: १५ आश्विन २०८० ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App