७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

दर्शकले रुचाउलान् त पूजाको एक्सन अवतार ?

तस्बिर: अभिनेत्री पूजा शर्माको सामाजिक सञ्जालबाट

अभिनेत्री पूजा शर्मा फिल्म 'दान्भी' मा एक्सन अवतारमा देखिने भएकी छन्।

पूजाले सामाजिक सञ्जालमा दान्भी टिजर सुन भन्दै एक्सन अवतारमा देखिएको तस्बिरहरु सार्वजनीक गरेकी हुन्।  

लभ स्टोरी फिल्ममा मात्र देखिएकी पूजा अब एक्सन अवतारमा देखिन लागेकी हुन्। लभ स्टोरी फिल्म प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी जस्ता फिल्ममा पूजालाई रुचाइएको थियो।

लभ स्टोरी फिल्ममा रुचाइएकी पूजा एक्सन अवतारमा दर्शकले कती मन पराउलान त्यो त फिल्म प्रदर्शन भएपछि मात्र थाँहा हुन्छ।

रूपेश तामाङले निर्देशन गरिरहेको फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय छ। यो उनको डेब्यू फिल्म हो। 

प्रकाशित: ३१ श्रावण २०८० ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App