‘अठोट उज्ज्वल भविष्यको’ श्रीश भण्डारीद्वारा लिखित अनुसन्धानमूलक कृति हो। यो सबै उमेर समूहका लागि संग्रहणीय पुस्तक रहेछ। इटर्नल पब्लिकेसनले प्रकाशित गरेको यो पुस्तक विशेष गरेर विद्यार्थी भाइबहिनीहरूलाई लक्षित गरेर निर्माण गरिएको भए तापनि यो पुस्तक सम्पूर्ण मानव समाजलाई उपलब्धिमूलक हुने कुरामा कुनै दुविधा छैन।
ढुंगा हालेर भरिएको बाल्टिन भरी भए तापनि त्यो बाल्टिन खाली नै हुनेरहेछ। यो प्रसंग पढ्दा मैले झट्ट सम्झिन पुगें सर्वश्रेष्ठ हामी मानवलाई। मानव जीवन पनि त आखिर ढुंगाले भरिएको बाल्टिनजस्तै त रहेछ। ठुलाठुला उपलब्धिका खातिर जीवनभर भौंतारिँदा भौंतारिँदै जीवन अपूर्णता, अशान्ति र अप्राप्तीमा टुंगिने रहेछ। हामीले पनि हाम्रो जीवनलाई परिपूर्ण बनाउन सानासाना कुराहरूलाई ध्यान दिएर प्राथमिकतामा ल्याइनुपर्ने रहेछ।
‘अठोट उज्ज्वल भविष्यको’ श्रीश भण्डारीद्वारा लिखित अनुसन्धानमूलक कृति हो। यो सबै उमेर समूहका लागि संग्रहणीय पुस्तक रहेछ।
ठुलो उपलब्धि प्राप्त गर्ने होडमा खुसी, हाँसो, आनन्द, सुख, शान्ति र सन्तुष्टि डरलाग्दो खर्पासमा फसेको पत्तै नहुने रहेछ।
‘अठोट’भित्र आजका मानवका समस्याहरू मात्र देखाएका छैनन् श्रीशले। समस्याका कारणहरू पनि पहिल्याएका छन्। समस्याको जरो पत्ता लगाएर सजिलै समस्याहरूलाई समाधान गर्न सकिने उपायहरू निकै रमाइलो तवरले प्रस्तुत गरेका छन्।
आजको मान्छे भौतिक सुख सुविधामा चुर्लुम्म डुबे पनि ऊ असफल छ, अशान्त छ, अधैर्य छ, अभद्र छ, अमर्यादित छ, असभ्य छ, अनुशासनहीन र अस्तव्यस्त छ भन्ने कुरा बुझ्न अठोट निकै उपयोगी छ। हाम्रो जीवनमा अठोट नै सर्वऔषधी हो, मानवबाट महामानव बन्नका लागि।
‘अठोट’भित्र आजका मानवका समस्याहरू मात्र देखाएका छैनन् श्रीशले। समस्याका कारणहरू पनि पहिल्याएका छन्। समस्याको जरो पत्ता लगाएर सजिलै समस्याहरूलाई समाधान गर्न सकिने उपायहरू निकै रमाइलो तवरले प्रस्तुत गरेका छन्।
लक्ष्य निर्धारण गरेर नियमितताको अभ्यास गर्ने हो भने हामीले गर्न नसक्ने कुरा केही छैन। अनुशासन र लगनशीलता नै सफलताको आधार हो भन्ने पाटोलाई पुस्तकले बारम्बार उजागर गरेको छ। साथै गुणस्तरीय जीवन बाँच्ने कला सिक्न यो पुस्तक सहयोगी छ।
आजको मान्छे भौतिक रूपमा सम्पन्न भएर पनि मानसिक रूपमा दरिद्र छ। पद, प्रतिष्ठा, मान, सम्मान वैभव प्राप्त गरेर पनि ऊ अपूर्ण छ। त्यसैले त्यो ढुंगाले भरिएको बाल्टिनमा सानासाना रोडा, बालुवा र पानी पनि हाल्न नबिर्सौं। मर्यादित र व्यवस्थित जीवन नै सार्थक हुने रहेछ।
जीवन जिउने उत्तम कला सिक्न सके सम्पूर्ण मानव समुदाय शान्त, समृद्ध र सफल हुने थियो भन्ने विज्ञानसम्मत् प्रसंगहरूलाई बढो कलात्मक पाराले पस्किएका छन् भण्डारीले। उचित संकल्प र अठोटको अभावमा आजका नयाँ पुस्तादेखि अभिभावकहरूसम्म कुहिरोका काग हुँदै छन्। अठोट गरे के हुँदैन? असम्भव केही छैन भन्ने सन्देश प्रत्येक शीर्षकमा दिएका छन्। विषयको गम्भीरतालाई बुझ्न नसक्दा आज हरेक परिवारमा द्वन्द्व उत्पन्न भएको छ।
परिवारभित्र सञ्चार र संवादको अभावमा आज घरघरमा सम्बन्धमा दरार आउन थालेको छ। पारिवारिक एकतामा खलल पुगेर एकाघरभित्र पनि अविश्वास बढ्दो छ।
बालबालिकाहरू उदण्ड हुँदै छन्। अभिभावकहरू ज्यादै महत्त्वाकाङ्क्षी भएका कारण बच्चाहरू अराजक मात्र होइन, विषाद र अवसादमा होमिएको तथ्यांक डरलाग्दो छ। प्रतिस्पर्धाको भीमकाय पहाड उक्लन नसक्दा जीवनलाई नै समाप्त पार्ने युवाको संख्यालाई पनि नजरअन्दाज गर्न सकिँदैन।
आखिर उज्ज्वल भविष्यको सम्भावनालाई वर्तमानका सानासाना गल्तीले असर गरेको हामीलाई पत्तै छैन। न अभिभावक, न विद्यार्थी, न शिक्षक सबैले सानासाना बानीलाई समयमै महत्त्व दिन नसक्दा समस्या विकराल बन्दै गएको अवस्थालाई मिहिन पाराले केलाउन आवश्यक रहेछ।
परिवारभित्र सञ्चार र संवादको अभावमा आज घरघरमा सम्बन्धमा दरार आउन थालेको छ। पारिवारिक एकतामा खलल पुगेर एकाघरभित्र पनि अविश्वास बढ्दो छ।
खुसी आखिर के हो? यो कसरी दिगो हुन्छ?
श्रीश लेख्छन्-दुःखका कारण पत्ता लगाउन सक्ने हो भने सुख खोज्न कतै जानै पर्दैन। दुःख अरूबाट सम्प्रेषित हुँदैन, सुख अरूबाट प्राप्त हुँदैन। सुख र दुःख हाम्रो मनको अवस्था हो। सोचको परिणाम हो सुख र दुःख।’
गहिरिएर बुझ्ने हो भने सुख, शान्ति र आनन्द खोज्न कतै भौंतारिनु पर्दैन जब हामी आफूमा केन्द्रित हुन्छौं, तब सुखको सागरमा डुबुल्की मार्न सक्छौं।
विश्व प्रसिद्ध व्यक्तित्वहरूको रोचक र प्रेरक भनाइ, गराइ र आश्चर्यजनक प्रसंगहरूलाई बढो आकर्षक ढंगले उचित मात्रामा उठान गरेकाले विषय गम्भीर भए पनि बोधगम्य छ।
बीसवटा महत्त्वपूर्ण शीर्षकमा प्रेरणादायी विषयको ज्ञान र शिक्षा पस्किन सफल छन्। भाषा सरस, सरल र सुबोध्य छ। भण्डारीले लेखेका विषयलाई चिरकालसम्म सजिलै सम्झिन सकिन्छ। दत्तात्रयले प्रकृतिबाट प्राप्त गरेका गुरुहरूको व्याख्या, शब्दको अर्थ र तात्पर्य रोचक र मननीय छ। साथीहरूको प्रकारको प्रसंग होस् या आत्मविश्वास बढाउने तरिका जम्मै उत्तिकै मननीय छ। म आफै अभिभावक भएकाले होला, अभिभावकको दायित्वलाई दोहोर्याएर पढें। अभिभावकको कमिकमजोरीलाई केलाएर निफनें। आफ्नो कमिकमजोरी हेर्दै आफूलाई सुधारको मार्गमा डोर्याउने अठोट गरें।
‘सबैलाई थाहा छ तर पनि किन समस्या जहाँको त्यहीं छ? किन दिन प्रतिदिन हाम्रो समाज विपरीत धारमा बग्दै छ? खोजेको जस्तो जीवन किन छैन? न बालबालिका खुसी छन् न अभिभावक। समस्या ठुलो कुरामा छैन, साना साना कुरामा समस्या छन्,’ मेरो कुरा छोरीहरूले सुनिरहे।
विश्व प्रसिद्ध व्यक्तित्वहरूको रोचक र प्रेरक भनाइ, गराइ र आश्चर्यजनक प्रसंगहरूलाई बढो आकर्षक ढंगले उचित मात्रामा उठान गरेकाले विषय गम्भीर भए पनि बोधगम्य छ।
जति सानो कण हुन्छ, त्यो त्यति नै शक्तिशाली हुन्छ। हावा, पानी, आगाको शक्ति देखेका छौं नि? मानव जीवनलाई साँच्चै सुधार गर्नुपर्ने पाटाहरू निकै साधारण छन्। अफसोच हामी घरबाहिरका ठुलाठुला समस्या समाधान गर्न खोज्छौं। आफूभन्दा अरूलाई सुधार्न मरिहत्ते गर्छौं। दोष अरूमा देख्छौं। हामीहरूले सानैदेखि राम्रो म भन्ने पाठ राम्रोसँग पढ्यौं।
सानोसानो कुरामा ध्यान दिने हो भने हाम्रो जीवन भण्डारीले भनेजस्तै सुखमय हुने थियो। योजनाबद्ध जीवन नै सफल जीवन हो। गिजुभाइले भनेझैं घरमा बिग्रेका बच्चालाई ईश्वरले पनि ठिक पार्न सक्दैनन्। जुन बच्चा आफूलाई व्यवस्थित गर्न सक्दैन, उसले जीवनमा निकै समस्या भोग्नुपर्छ।
जति सानो कण हुन्छ, त्यो त्यति नै शक्तिशाली हुन्छ। हावा, पानी, आगाको शक्ति देखेका छौं नि? मानव जीवनलाई साँच्चै सुधार गर्नुपर्ने पाटाहरू निकै साधारण छन्।
चाहे त्यो आनीबानी होस् या विचार, हरेक साना साना गतिविधिहरू निकै महत्त्वपूर्ण हुने रहेछन्। विद्यार्थी, शिक्षक, प्रशासक, राजनीतिज्ञ, अभिभावक सम्पूर्णले घरमा राखेर अध्ययन मनन गर्नुपर्ने पुस्तक हो यो। पुस्तक पढिसकेपछि म सोच मग्न भएँ–हाम्रो पूर्वीय इतिहासमा दत्तात्रयजस्ता महान् विद्वान् जन्मिए, जसले प्रकृतिमा उपलब्ध गुरुहरू २४ वटा फेला पारे र आफ्नो जीवन सार्थक पारे तर आज करोडौं खर्च गरेर गुरु र ज्ञान धारण गरेको नवीन पुस्ता कता भौंतारिँदै छ। हिजो गुरुको मूर्ति अगाडि राखेर धनुर्विद्यामा अब्बल बन्ने एकलव्यको एकाग्रता, लगनशीलता र अठोट खै आज हामीमा?
के आधुनिक शिक्षा खराब हो या हाम्रो आचार खराब? किन लगानीभन्दा प्रतिफल कम छ। अठोटलाई हृदयका आँखाले पढेर उत्तर खोज्यौं।
प्रकाशित: २७ श्रावण २०८० ०३:१३ शनिबार