१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

शोकमा परेको बिहान

कविता

बान्तावा सिरेन

बिना वर्षाम्बु एकाबिहानै

फूलबारीका कान्लाहरू भत्किरहेछ

जहाँ कलिला फूलहरूका

लाखौं आयु पुरिन्छन्

बाँकी बाँचेका बुढा फूलहरूलाई

पाखण्डी एउटा पुजारीले चुँडाएर

मन्दिरलाई चढाउँछन्

र, मन्दिरको ढोका खोल्छन्

घण्टाहरू जोडले बजाउँछन्

विरुपाक्षको जन्मन लागेका

कलिला आधा मूर्तिलाई सरापी

यस धर्तीमा कलि युग भएर जन्मनु सकूँ

मेरो शिर काटेर

यहीं तिमीलाई चढाउनेछु भन्छन्

यस्तो कठोर भाकलमा गाउँछन्

पाखण्ड पुजारीले भजन

मैले कसरी भन्न सकूँ

यो गुन्जनलाई भजन!

यो सुनौलो बिहानीको अपशकुनको मुहूर्तमा

लाखौं निर्दोषी फूल

पुरिएर मैले शोक मानिरहेको समयमा।

प्रकाशित: ६ श्रावण २०८० ०६:५३ शनिबार

अक्षर