१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

झरनाको फेरि 'ए मेरो हजुर'

काठमाडौं- अभिनेता अभिनेत्री निर्देशनमा डेब्यु गर्नेमा झरना थापाको पनि नाम थपिएको छ। झरनाले आफैंले अभिनय गरेको फिल्मको नाम 'ए मेरो हजुर' सापटी लिँदै निर्देशनमा उत्रिएकी हुन्। फिल्मको बिहीबारदेखि औपचारिक रुपमा सुटिङ थालिएको छ।

फिल्ममा साम्राज्ञीलक्ष्मी शाह, सलोन बस्नेत, बुद्धि तामाङ, अनुभव रेग्मी, सुमन पौडेल, अजस्र ढुंगाना आदि कलाकारको अभिनय रहनेछ। सलिनमान बानियाँले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्नेछन्। ५ फिट ८ ईञ्ज उचाई भएका सलिनले र्‍याम्प मोडलको रुपमा अनुभव सँगालेका छन्।   

प्रेम कथामा बन्ने फिल्म  एस के थापा प्रोडक्शनको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेका हुन्। २०५९ सालमा सोहि व्यानरबाट 'ए मेरो हजुर' नाममै फिल्म बनेको थियो। निर्माणको १० वर्षपछि नाम दोहोर्याउन पाउने प्रावधान अनुसार एसके फिल्मस्ले पुनः सोही नाममा प्रेमकथा बनाउन जुटेको हो। यसअघि यो फिल्मलाइ 'ए मेरो हजुर' को सिक्वेलको रुपमा चर्चा गरिए पनि अन्ततः सोही नाममात्र लिएर निर्माण टिम फ्लोरमा गएको हो।

अभिनेत्रीको रुपमा करिब २० वर्ष बिताएकी झरनाले निर्देशनका लागि पर्याप्त आत्मविश्वास भएकाले निर्देशन गर्न लागेका बताइन्। उनले फिल्म दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका लागि 'टि्रब्युट' हुने बताइन्।

' फिल्मको कथा अघिल्लो फिल्मसँग जोडिएको छ। धेरैले अनुमान गरेजस्तो हामीले नाम मात्र लिन खोजेका हैनौं। फिल्म एक हिसाबले श्रीकृष्णजीका लागि टि्रब्युट हुनेछ,' झरनाले भनिन्।

फिल्ममा कथा हरिहर अधिकारीको रहेको छ भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्।  फिल्मलाई सन्जय लामाले खिचिरहेका छन्। बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।

प्रकाशित: १० भाद्र २०७३ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App