२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

नारी स्रष्टा दिवस सम्पन्न

हरेक वर्ष मनाउँदै आएको नारी स्रष्टा समाजको सम्मान कार्यक्रम सम्पन्न भएको छ।

मंसिर १ गते राष्ट्रिय महिला आयोगमा मोहनलता  विशिष्ट स्रष्टा सम्मान नगद १५ हजार सहित साहित्यकार पत्रकार तुलसीहरि कोइरालालाई, कविराज स्रष्टा सम्मान नगद ११ हजार सहित सम्मान साहित्यकार भीष्म उप्रेतीलाई र हेमलता स्रष्टा सम्मान नगद ११ हजार सहित विनोद नेपाललाई प्रदान गरिएको थियो भने मोहन लता सम्मान राधेश्याम लेकाली,रमेश क्षितिज, निराजन मौदगल्य, मन्जिला अनिल, विन्दु अधिकारी ढकाल, रीता खत्री , निर्मला मुरारी, लक्ष्मी श्रेष्ठ, मीना श्रेष्ठलाई दिने निर्णय गरिएको थियो। १ गते सुरु भएको कार्यक्रम सिन्धुलीका साहित्यकार रमेश क्षितिजलाई सिन्धुली गएर मंसिर ११ गते सम्मान गरिएको थियो।

नारी स्रष्टा समाज प्रदेश नं १ का तर्फबाट काठमाडौंमा आयोजित एक समारोह बिच अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाएकी स्रष्टा लक्ष्मी श्रेष्ठ र नेपालकी कवयित्री मीना श्रेष्ठलाई सम्मान हस्तान्तरण गरियो।

पहिलेका सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका स्रष्टाद्वयलाई कार्यक्रमका अतिथिहरू: शैलेन्दु प्रकाश नेपाल, गोविन्द गिरी प्रेरणा, तुलसीहरि कोइराला तथा समाजकी अध्यक्ष ममता मृदुलले फूलमाला, दोसल्ला, फूलको गुच्छा तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा सम्मानित स्रष्टा लक्ष्मी श्रेष्ठ, मीना श्रेष्ठ, प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपाल विशिष्ट अतिथि गोविन्द गिरी प्रेरणा, तुलसीहरि कोइराला तथा समाजकी अध्यक्ष ममता मृदुलले मन्तव्य प्रकट गरेका थिए। कार्यक्रम सञ्चालन विन्दु अधिकारी ढकालले गरेकी थिइन्।

सम्मानित स्रष्टा लक्ष्मी श्रेष्ठ अमेरिकाको न्यूयोर्कलाई कर्मभूमिको रूपमा अपनाई साहित्य सिर्जनामा लागेकी छिन्। उनका चारवटा कृति प्रकाशित छन्।

त्यसैगरी कवयित्री मीना श्रेष्ठ राजनीतिकर्मी पनि हुन् र उनका दुईवटा कविता संग्रह प्रकाशित छन्।

प्रकाशित: १९ मंसिर २०७९ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App