राजनीति

संसद बैठक बस्दै, प्रतिपक्षीको अवरोधकाबीच आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।

संसदको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गराउने, छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र पारित गर्नेगरी तयारी मिलाउन सरकारले संसद्लाई बिजनेस दिएको हो। प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गरे पनि जसोतसो बैठक चलाएर नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ।

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको आरोपमा संसदीय छानबिन समिति गठनको माग राखेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ। संसदीय छानबिन समिति गठन मागमा सत्तापक्ष सहमत नभएकाले उसले आज पनि सदन सञ्चालनमा अवरोध गर्ने देखिएको छ। कांग्रेसले बैठकमा होहल्ला गरे पनि नीति तथा कार्यक्रम पारित गर्नेगरी तयारी मिलाउन सत्ता पक्षले सभामुख देवराज घिमिरेलाई भनेको छ। 

प्रकाशित: ११ जेष्ठ २०८१ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App