कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र बिष्ट विजयी भएका छन्। २ हजार ६३६ मत ल्याएर उनी अध्यक्षमा विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी धिरबहादुर बिष्टले २ हजार ४४५ मत पाएका छन् भने एमालेका टेकबहादुर बुढाले २ हजार ३९मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल कुमार शाहा (लिला) विजयी भएका छन्। उनले २ हजार ९१७ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस सिता रावलले २ हजार २८३ मत पाएकी छिन्।
यो पालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका एक्लै प्रतिस्पर्धामा थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए।
प्रकाशित: ३ जेष्ठ २०७९ १२:४१ मंगलबार