३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

अपहरणमा परेकी सात वर्षीया बालिकाको सकुशल उद्दार

अपहरणमा परेकी कोशी गाउँपालिकाकी सात वर्षीया बालिकालाई प्रहरीले बिहीबार सकुशल उद्दार गरेको छ । कोशी गाउँपालिका वडा नं. ७ का कुशेश्वर सदाकी छोरी युवुलाई प्रहरीले उद्दार गरेको हो ।

बुधबार दिउँसो घर अगाडि आँगनमा खेल्दै गरेकी युवुलाई दिउँसो १ः४० बजेतिर सिटी सफारीमा आएका एक जनाले अपहरण गरेका थिए । युवुलाई प्रहरीले कोशी गाउँपालिकाकै कोशी ब्यारेजको २६ नं. ढोकाबाट उद्दार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।  

प्रहरीले अपहरणमा संलग्न सप्तरी कञ्चननरूप नगरपालिका वडा नं. १२ धरमपुरका ३१ वर्षीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरेको छ ।  एसपी तिम्सिनाका अनुसार अपहरणमा परेकी बालिकालाई लिएर डुली रहेको अवस्थामा प्रहरीले फेला परेको हो ।  

‘बालिका अपहरणमा परेको सूचना पाएलगतै सिसिटिभी फूटेज हेरेर खोजीकार्य तिब्र पारेपछि कोशी ब्यारेजमा बालिकालाई लिएर हिडीरहेको अवस्थामा पक्राउ गरिएको हो,’ उनले भने, ‘पक्राउ परेका व्यक्ति आपराधिक पृष्ठभूमिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ पक्राउ परेका साहले यसअघि पनि नेपाल र भारत दुवै देशमा चोरी गर्ने र बालबालिकालाई अपहरण गर्ने गरेको खुलेको  छ ।  

अहिलेसम्म प्रहरीको अनुसन्धानअनुसार साह बाहेक बालिका अपहरणमा अरुको संलग्नता छैन् । ‘अहिलेसम्म सवै प्रमाणले पक्राउ परेका सिटी सफारी चालक जितेन्द्रको मात्रै संलग्नता देखिन्छ,’ एसपी तिम्सिनाले भने । 

प्रकाशित: २१ चैत्र २०८१ १९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App