३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

बलात्कारको आरोपमा बर्दियाबाट एकजना पक्राउ

किशोरी बलात्कारको अभियोगमा एकजना पक्राउ परेका छन्। १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारू पक्राउ परेका हुन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: २३ फाल्गुन २०८१ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App