खेल

यु-१९ एसिया कप : भारत र पाकिस्तानबिच उपाधि भिडन्त जारी

जारी यु-१९ एसिया कपको फाइनलमा भारत र पाकिस्तान उपाधिको लागि खेल्दै छन्। युएईमा भइरहेको यु–१९ एसिया कपको फाइनल खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेको छ। 

गत डिसेम्बर १२ बाट सुरु भएको यो प्रतियोगितामा कूल ८ टोलीले सहभागिता जनाएका थिए। ती टोलीमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, नेपाल, युएई र मलेसिया रहेका थिए। 

जसमा शीर्ष दुईमा पर्दै भारत र पाकिस्तान फाइनल पुगेका हुन्।

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया थिए भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल थिए।

यी दुई टोलीबिच फाइनल खेल जारी छ।

प्रकाशित: ६ पुस २०८२ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App