समाज

इनिशाको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन परिवारको माग

इनिशा विकको हत्यामा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ। 

पीडित परिवारको तर्फबाट इनिशाका दाइहरू चन्द्रबहादुर र तपेन्द्रले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्।

यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरू दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता तथा सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए। उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति कायम गर्न सरकार लागिपरेको बताए।  

गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर-४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशालाई अस्पतालले मृत घोषणा गरेको थियो। उनको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

प्रकाशित: २ चैत्र २०८२ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App