समाज

त्रिशूली-३ ‘ए’ मा ‘ड्रिलिङ’ गरिँदै, लेदो र पानी निकाल्न ‘गली कटिङ’

भोटेकोशी बाढीका कारण प्रभावित भएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य मंगलबार बिहानैदेखि तीव्र पारिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराउन चारवटा स्काभेटर प्रयोग गरेर ‘ड्रिलिङ’ कार्य भइरहेको छ।

सुरुङभित्र जमेको पानी र बाक्लो लेदो बाहिर निकाल्न प्राविधिकहरूले ‘गली कटिङ’ गरेका छन्। यस प्रक्रियामार्फत सुरुङभित्रको अवरोध हटाई उद्धारकर्ताहरूलाई भित्र पस्न सहज बनाउने प्रयास गरिएको छ।

यसैबीच, उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन विद्युत्गृह निर्माणमा संलग्न विशेषज्ञहरूसँग समेत परामर्श गरिएको छ। प्राधिकरणका अनुसार विज्ञहरूको सुझावका आधारमा ठोस कार्ययोजना बनाएर सुरुङ खोतल्ने र उद्धार गर्ने काम भइरहेको छ।

प्रकाशित: १६ भाद्र २०८३ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App