समाज

विपिन हरेक नेपालीको मनमा सधैं जीवित रहनेछन्ः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी हरेक नेपालीको मनामा सधैं जीवित रहने बताएकी छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री कार्कीले भौतिक शरीर नभएपनि विपिन सधैं हरेक नेपालीको मनमा रहने बताएकी हुन् । उनले भनिन्, हमासको कब्जामा रहँदा विपिनले कति दुःखकष्ट भोगे होला । आफू बाच्ने सम्भावना रहँदा पनि उनले आफ्ना साथीहरूलाई बचाउन आफ्नो ज्यान बाजीमा राखे । उनी एक बहादुर नेपाली युवा हुन् । उनी नेपालका छोरा हुन् ।  

विपिन फर्केर आउलान् र भब्व स्वागत गरौला भन्ने आफ्नो इच्छा रहेको भए पनि विपिनको मृत्युका खबरले मर्माहत बनाएको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

विपिनको हिम्मत र साहसप्रति आफूलाई सधैं गौरव लाग्ने बताउँदै प्रधानमन्त्री कार्कीले आफू मरेर पनि बहादुर नेपालीको नाम राख्न सफल भएको बताइन् । आमा र बहिनीले विपिनलाई जिवित फर्काउन गरेको प्रयासको चर्चा गर्दै प्रधानमन्त्री कार्कीले परिवारप्रति गहिरो समवेदना प्रकट गरिन् ।  

विपिनको पार्थिव शरीरलाई सोमबार नै नेपाली सेनकाको हेलिकप्टरमार्फत् उनको गृहजिल्ला कञ्चनपुर लगिएको छ । धार्मिक परम्पराअनुसार उनको कञ्चनपुरमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित: ३ कार्तिक २०८२ १६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App