समाज

भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित

भारत र क्यानडाबीचको विवाद उत्कर्समा पुगेको छ। क्यानडाले भारतीय राजदूत संजय कुमार वर्मा लगायतमाथि अनुसन्धान सुरु गरेपछि दुबै मुलुकबीच फेरि विवाद उत्कर्समा पुगेको हो।

बीबीसीका अनुसार क्यानडाको उक्त कदम पछि भारतले दिल्लीस्थित क्यानेडियन राजदूतवासका ६ जनालाई निस्कासित गरेको छ।

निस्कासित हुनेमा दिल्लीस्थित क्यानेडियन राजदूतावासका कार्यकारी राजदूत स्टीवर्ट रस व्हीलरसहित ६ जना रहेका छन्।

भारतीय विदेश मन्त्रालयले उनीहरूलाई १९ अक्टुबर राति ११ः५९ बजेसम्म भारत छाड्न भनेको छ।

क्यानडा सरकारले सन् २०२३ जुनमा खालिस्तान समर्थक एक्टिभिस्ट हरदीप सिंह निज्जरको हत्यामा भारतीय संलग्नता रहेको भन्दै क्यानडाका लागि भारतीय राजदूत वर्मासहितका कुटनीतिज्ञमाथि अनुसन्धान सुरु गरेको छ। जसको भारतले विरोध जनाउँदै आफ्ना राजदूत लगायतका कुटनीतिज्ञलाई भारत बोलाएको छ।

प्रकाशित: २९ आश्विन २०८१ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App