काठमाडौं-मेडिकल शिक्षामा सुधार र अख्तियार अनुसनधान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै बुधबारबाट सुरु भएको डा. गोविन्द के.सी.को अनसनमा समर्थन जुट्ने क्रम जारी रहेको छ।
मानबअधिकारबादीको टोली सोमबार अनसन स्थल पुगेर ऐक्यवद्धता जनाएको हो। मानब अधिकारबादी कृष्ण पहाडी, मानब अधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकारी सहितको टोलीले अनसन स्थल पुगेर के.सी.प्रति समर्थन र एक्यवद्धता जनाएका हुन्।
के.सी.ले अघि सारेका मागहरुलाई लोकतान्त्रिक र बिधि सम्मत ढंगले संबोधन गर्नुपर्ने समाजका सभापति अधिकारीले बताए । मेडिकल शिक्षा सुधारका निम्ति डा.केसीले अनसन थालेको भोलिपल्ट सोमबार आवासीय चिकित्सकहरुले पनि समर्थन जनाएका हुन् ।
केसीले आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिट भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधार प्रक्रिया अवरुद्ध पारेका र भ्रष्टहरूलाई संरक्षण दिएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग माग गरेका छन् । केसीका मागप्रति टिचिङ अस्पतालका आवासीय डाक्टरहरुले सोमबार समर्थन गरेका छन् ।
प्रकाशित: २७ असार २०७३ १३:२५ सोमबार



