राजनीति

झापा पुगेर ओलीले भने: अर्को वर्ष देउवा जीलाई सत्ता हस्तान्तरण हुन्छ, ढुक्कले काम गरौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर फेरि एक पटक अर्को वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्। शनिबार गृह जिल्लामा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेससँग भएको सहमतिबमोजिम सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन्। 

‘अर्को वर्ष कांग्रेसका सभापति एवं लोकतान्त्रिक आन्दोलनका मेरा सहयात्री शेरबहादुर देउवा जीलाई सत्ता हस्तान्तरण गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छ।’

प्रकाशित: २८ असार २०८२ १८:५८ शनिबार

#KP Sharma Oli #Sher Bahadur Deuba #NagarikNews