राष्ट्रिय सभाको बैठक जारी रहेको छ।
राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशसभासमक्ष टेबल गर्ने कार्यसूची छ।
साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि छलफल गर्न र ‘भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १३:४५ शुक्रबार

-600x400.jpg)

