राजनीति

महेश भन्छन् : मेरो जलेको घर लामो समयसम्म ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्ने छु

फाइल तस्बिर

नेकपा (एमाले)का नेताले आफ्नो जलेको घरलाई सङ्ग्रहालयको रूपमा राख्ने बताएका छन्।

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनका क्रममा जलाइएको घरलाई ध्वंसात्मक सङ्ग्रहालयको रूपमा बताएका हुन्। आज सामाजिक सञ्जालमा लेख्दै उनले ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राखिने घर जलाउन आवश्यक थियो कि थिएन भनेर सबैले समीक्षा गर्ने उनको भनाइ छ।

'मेरो जलेको घर लामो समयसम्म ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्नेछु,' उनले लेखेका छन्, 'मेरो घर हेरेर सबैले समीक्षा गरुन् त्यो घर जलाउन आवश्यक हो कि होइन?'

सांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास, उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेको दाबी गर्दै महेशले आफ्नो सारा जीवन जनताको निम्ति समर्पण गरेको बताए।

'सांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेँ। मेरो सारा जीवन मैले जनताको निम्ति समर्पण गरेँ,' उनले भनेका छन्, ' यही गरे बापत मेरो घर जलाइन्छ मलाई बदनाम गरी मार्ने प्रयास गरिन्छ! मेरो परिवारलाई जिउँदै जलाउने प्रयत्न गरिन्छ! निर्दोष छोराछोरीलाई समाजमा हिँड्न गाह्रो बनाइन्छ!

उनले आफू यसबाट नडराउने र बरोबर मर्न तयार रहने तर आफ्नो कर्तव्य र जनताको हितबाट कहिल्यै पछि नहट्ने जिकिर गरे।

प्रकाशित: १० आश्विन २०८२ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App