राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले दोस्रो पटक भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
मंगलबार भएको भेटमा सन्चो-बिसन्चो, राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत विविध विषयमा कुराकानी भएको थियो।
अध्यक्ष लिङदेनले देशको एक महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट समेत सरकारले वञ्चित गरेकोमा दुख व्यक्त गरेका छन्।
उनले भैरहवा कारागार सुविधा र सुरक्षाको दृष्टिकोणले अनुपयुक्त रहेको उल्लेख गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्। 'उहाँलाई तत्काल काठमाडौं सार्न उपयुक्त हुन्छ,' लिङदेनले लेखेका छन्।
सहकारी ठगी प्रकरणमा लामिछाने भैरहवा कारागारमा छन्।
प्रकाशित: २८ श्रावण २०८२ ०७:०३ बुधबार



