राजनीति

डिपी अर्यालको नेतृत्वमा संसद्को पहिलो बैठक जारी

डिपी अर्यालको नेतृत्वमा संसद्को पहिलो बैठक सुरु भएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेदेखि संसद् भवनमा चलिरहेको छ। 

सभामुखमा रास्वपाका उपसभापति तथा काठमाडौं-९ का सांसद डिपी अर्याल नियुक्त भएपछिको यो पहिलो बैठक हो ।  

अर्यालले आजदेखि सभामुखका रुपमा संसद्‌मा काम गर्न थालेका छन्। 

सभामुख अर्यालले आजै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग छलफल गरेका थिए । सभामुख चयन भएसँगै संसद्का आगामी कार्यसूचीलगायतका विषयमा अर्यालले सबै दलसँग छलफल गरेका हुन् ।  

सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे छलफलको योजना रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित: २३ चैत्र २०८२ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App