राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।
महामन्त्री डा.धवलशम्शेर राणालगायत आफू पक्षका नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर उनले उजुरी गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट शुक्रबार बर्खास्त गरेका थिए।
प्रकाशित: ४ श्रावण २०८२ १३:१८ आइतबार



