उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सुराकीको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धको प्रहरीले काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय दारचिङ्ग लामासहित १४ जनालाई जुवातास खेल्न प्रयोग गरेको २ लाख ५ हजार ७ सय रुपैयाँ नगद, १ हजार भारतीय रुपैयाँ, ४८ थान कौडा, २४ थान प्लाष्टिकको हरियो सिक्का, १९ थान पहेंलो सिक्का, ९ थान निलो सिक्का, ९ थान हरियो सिक्कासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०७२ ०६:५१ शनिबार



