नेपाल फर्काइएकी खत्रीले आफूसँग प्रेम गर्छु भनेर फकाई घुम्न जाने बहानामा उसले भारत पुर्याएको बताइन। उनका अनुसार अब विवाह गर्ने, पहिला कपडा किनेर घुम्न जाउँ भनेर एकरात काठमाडौँको होटलमा राखेपछि भोलिपल्ट कलङ्कीबाट बस चढेर चितवन लगेको र पछि घुम्न जाने भन्दै भारत पुर्याइयो ।भारतको सीमामा पुगेपछि मामा भन्ने एक र अरुसहित गरेर चारजना एकै बसमा भारत लगेको बताउँदै खत्रीले उनले भनिन-"भारत जान्नभन्दा बिहे गरेर भारतमै बस्ने, दुईवर्ष उतै काम गरेर फर्कौंला भन्यो, भोक लाग्यो भन्दा गाडीमा खानेकुरा ल्याइदिन्थ्यो, शौचालय जाँदा पनि मास्क लगाएर सलले अनुहार छोप्न लगाउँथ्यो ।"
भारत पुगेपछि थप चारजनासहित आठजनाको घेराबन्दीमा परेकी उनलाई सिलिगुढी हुँदै मेघालयको सिलोङ लाडुङवाई तिनालीमा एक होटलमा पुर्याएपछि नेपाली भाषी सङ्गीता श्रेष्ठको सहयोगमा उनको उद्धार भएको प्रहरीको भनाइ छ ।त्यहाँबाट एक नेपाली भाषी महिलालाई बुझाउने क्रममा खत्री जान नमानेपछि सङ्गीतासहितका स्थानीय नेपाली भाषीले सोधपुछ गरेर प्रहरीलाई खबर गर्ने भनेपछि सबै तत्काल फरार भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
खत्रीले दाजु भक्तपुर प्रहरी परिसरमा कार्यरत प्रहरी जवान नीरबहादुर खत्रीको बारेमा जानकारी दिएपछि सङ्गीताले फोन गरेर घटनाबारे जानकारी दिएर बहिनी लिन आएके भन्ने खबर दिएपछि खत्रीसहित दुईजनाको टोली २३ गते भारत गएर उद्धार गरेर ल्याएको थियो ।उद्धारमा संलग्न प्रहरी जवान खत्रीले सिलिगुढीमा सङ्गीता र अरु नेपाली भाषीको सहयोगमा बहिनीको उद्धार गर्न सहज भएको बताए । फरार तामाङको भने नेपाल र भारतीय प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित: २ असार २०७२ ०२:३३ बुधबार



