उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले पर्यटन व्यवसायीलाई कर छुट माग्नुको साटो सरकारले सहयोग गर्ने कार्यक्रमको खाका बनाएर ल्याउन सुझाएका छन् ।
ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को ४७औं वार्षिक साधारणसभामा उनले कर छुट दिँदा सरकार चल्नै नसक्ने भएकाले सरकारको पनि आम्दानी बढाउने गरी कामका योजना लिएर आए सरकारले सहकार्य गर्ने बताए ।
उनले पर्यटन क्षेत्रमा कर छुट कुरा धेरै उठ्ने गरेको भन्दै कर छुट गरेर राज्य कसरी चलाउहुन्छ ? भन्ने प्रश्न गरे । कर छुटभन्दा व्यवसाय प्रवर्द्धनको प्रस्ताव लिएर आउन सुझाउँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको बताए ।
उनले भने, ‘ट्याक्सको कुरामा जताततै छुट गर्दै जाने हो भने राज्य चलाउ हुन सक्दैन् । साधारण खर्चसम्म धान्न सकिँदैन् । विकासको लागि राजस्व परको कुरा हो । साधारण खर्चको लागि पनि धौधौ पर्ने खर्चमा हामी छौं । ट्याक्स छुट गरेर राज्य चलाउने कसरी ? त्यसैले ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवर्द्धनको लागि तपाईंहरुको प्रस्ताव के हुन्छ ? सरकारले के गर्न सक्छ प्रस्ताव लिएर आउनुहोस् । सम्बोधन गर्न सरकार आतुर छ ।’
प्रकाशित: १५ भाद्र २०८२ १५:४४ आइतबार



